समानुपातिक तर्फ १ कराेड ८ हजार मतगणना सम्पन्न

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाकाे समानुपातिक निर्वाचन प्रणालीमा भएकाे मतदानकाे १ कराेड बढीकाे मतगणना सम्पन्न भएकाे छ । हालसम्म कूल् १ कराेड ८ हजार ३ सय २ मतगणना सम्पन्न भएकाे छ । समानुपातिक तर्फ नेकपा एमालेले २६ लाख ९६ हजार ५ सय ७५ मतसहित पहिलाे, नेपाली कांग्रेस २५ लाख ५३ हजार ९४ मत सहित दाेस्राे भएकाे छ ।

त्यस्तै नेकपा माअाेवादी केन्द्रले ११ लाख ४३ हजार ८ सय ९४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २ सय ७५ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७० हजार ६ सय ५४, जनता समाजवादी पार्टीले ३ लाख ८९ हजार १ सय ९७, जनमत पार्टीले ३ लाख ४९ हजार ३ सय ५२ मत ल्याएका छन् ।

अहिलेसममकाे मतगगणनामा ७ वटा पार्टीले मात्र थ्रेस हाेल्ड कटाउने देखिएकाे छ । नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ८२ हजार २ सय ६२ मत प्राप्त गरेकाे छ । साे पार्टीले थ्रेस हाेल्ड कटाउने संभावना कम देखिएकाे छ।

Facebook Comments