प्रतिनिधिसभाकाे बैठक बस्दै
संघीय संसद अन्तर्गतकाे प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रतिवेदन दफावार छलफल पछि पारित गर्ने कार्यसूची पनि छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ.व. २०७८/०७९)’ पेस गर्ने कार्यसूची सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले त्यसको प्रस्ताव गर्ने तयारी छ । त्यसमा परेका संशोधन प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने र पुनः सभापति केसीले प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
प्रतिनिधिसभा नियमावलीमा सभामुखकाे तजविजी अधिकार कटाैतीका लागि संशाेधन दर्ता भएकाे छ ।
Facebook Comments

