उपनिर्वाचनः राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तय

राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० मा हुने चितवन २, बारा २ र तनहुँ १ का लागि उम्मेदवार तय गरेकाे छ ।

जस अनुसार सभापति रवि लामिछाने चितवन २ बाट, रमेश खरेल बारा २ र स्वर्णिम वाग्ले तनहुँ १ बाट उम्मेदवार बन्ने निश्चित भएकाे हाे ।

उम्मेदवार टुंगाे लगाएपछि पार्टी कार्यालयमा शनिबार बसुन्धारास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी हुने बताउनुभयाे ।

विज्ञहरू स्वतन्त्र पार्टीमा समावेश भइ मुलुकको सेवा गर्न तयार रहेकाे उहाँकाे जिकीर छ ।

‘कैयाैं क्षमतावान व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको सेवा गर्न तयार बस्नुभएको छ,’ लामिछानेले भन्नुभयाे, ‘निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ र यो संकेत हो। कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।’

खरेल र वाग्लेले मुलुकमा सुशासन र तीव्र गतिमा समृद्धि हाँसिल गर्नका लागि स्वतन्त्र पार्टीसँग जाेडिएकाे बताएका थिए ।

Facebook Comments