एमालेका तर्फबाट चितवन र तनहुँका लागि उम्मेदवार तय
नेकपा एमालेले बैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेकाे छ ।
पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङका अनुसार एमालेले तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे ।
शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले बाराका लागि उम्मेदवार तय गरेकाे छैन । एमालेले बाराका लागि पछि छलफल गरेर उम्मेदवार टुंगाे लगाउनेछ ।
त्यस्तै पार्टीका नेता भिम रावलसँग वार्ताका लागि उपाध्यक्ष बिष्णु पाैडेलकाे नेतृत्वमा वार्ता टाेली गठन गरिएकाे पनि उपमहासचिव गुरूङले जानकारी दिनुभयाे ।
Facebook Comments

