रास्वपाका मन्त्रीद्वारा राजीनामा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन्।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर रास्वपाका तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका हुन्।
रास्वपाको बसुन्धरामा आइतबार दिउँसो बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। यस अघि पत्रकार सम्मेलन गरी साेबारे जानकारी दिइएकाे थियाे ।
Facebook Comments

