पाेखरामा वडाको विकासका लागि सरोकारवालासँग सुझाव माग

पोखरा महानगरपालिका २८ ले वडाको समग्र विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझावहरु लिएको छ ।

कार्यक्रममा पोखरा महानगरपालिकाका निर्वतमान मेयर मान वहादुर जिसीले ऋषि तथा तपोभुमि रहेको यस ठाँउको विकास निर्माण गर्न सवै उकजुट भएर लाग्नुपर्ने बताउदै पोखरा महानगरपालिका २८ ले विकासको खाका निर्माणको लागी वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव मागेर राम्रो काम गरेको बताउनुभयाे ।

नेपाली काग्रेस कास्कीका निर्वतमान सभापति कृष्ण केसीले पोखरा २८ को विकासको लागी कुनै दल,पार्टी नभनी वडालाई सवैले सयोग गर्न आग्रह गर्दे हिजो भएका विकास निर्माणका कार्यहरलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे ।

पोखरा महानगरपालिका २८ का निर्वतमान वडा अध्यक्ष निर्मल दियालीले विकाससँग जोडिएर विकटलाई विकाससँग जोडनुपर्ने बताउदै आफु हाल वडाअध्यक्ष नरहेतापनि महानगरपालिकाको कार्यपालिका सदस्य तथा महानगरपालिकाको महत्वपुर्ण समितिमा रहेकोले वडाको विकासको लागी आफुले गर्नुेपर्ने कर्तब्य निभाउने प्रतिबद्दता प्रकट गर्नुभयाे ।

बुद्धीजिवी तथा महानगरपालिकाका सल्लाहकार हरि प्रसाद त्रिपाठीले भेलमा वडाका गहन विषयमा छलफल भएको बताउदै वडाको पर्यटन प्रवद्धन,शिक्षा स्वाथ्य,खानेपानी लगाएत सवै विकास निर्माणमा सवैले आफ्नो आफ्नो ठाँउबाट सयोग गर्न आग्रह गर्नुभयाे । डा. शान्ता कुमारी खत्री पौडेलले वडाले पहिलो पटक वडाका विज्ञ तथा सरोकारवालाहरुसँग सल्लाह तथा सुझाव मागेकोमा धन्यवाद दिदै आगामी दिनहरुमा पनि वडालाई आवश्यक सल्लाह तथा सुझाव लिन आग्रह गर्नुभयाे ।

कार्यक्रममा पोखरा महानगरपालिका २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले वडाका सम्पुर्ण विज्ञ तथा सरोकारवालाहरुको सल्लाह तथा सुझाव अनुसार आफुले वडाको आगामी कामहरु गर्न चाहेको बताउदै यो ५ वर्षको लागि मात्र नभएर कम्तीमा १५ वर्षसम्मको कार्य योजना बनाएर काम गर्न चाहेको बताउनुभयाे ।

माधव ढकालकाे सन्चालनमा भएको कार्यक्रममा वडा सदस्य डाल्लादेवी भुजेलले स्वागत मन्तव्य राख्नुभयाे भने कार्यक्रममा भुमि विज्ञ ऋषिराम लामिछाने, भुगोलविद नरेश पौडेल, डा.निर्मल लामिछाने, सुर्य भण्डारी, बैन वहादुर गुरुङ, सुर्य तिवारी, शुक्रराज अधिकारी, शकंर पौडेल, मोहन गुरुङ,लगायका व्यक्तिहरुले सल्लाह तथा सुझावहरु दिनुभएकाे थियाे ।

Facebook Comments