प्रतिनिधि सभामा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ पेश हुने
प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । आजको बैठकमा सम्भावित दुई कार्यसूची छन् ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७८/०७९ छ ।
यसैगरी दोस्रो कार्यसूचीमा ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ सम्बन्धी छ । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश हुन लागेकाे हाे ।
संसद सचिवालयका अनुसार पहिलाे कार्यसूची अनुसारकाे प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले र दाेस्राे कार्यसूची अन्तर्गतकाे बिधेयक सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेस गर्नुहुनेछ ।
Facebook Comments

