गण्डकी प्रदेशसभा सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित
गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । संविधानको धारा १८२ र प्रदेशसभा नियमावली ७ अनुसार धिताल प्रदेशसभाकाे बहुमतले सभामुखमा पदमा निर्वाचित हुनुभएकाे हाे ।
धिताललाइ प्रदेशसभाकाे ३२ जना सांसदले मत दिएका हुन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई २६ मत प्राप्त गर्नुभयाे । प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित भएका थिए ।

शनिबार बसेको प्रदेशसभाको बैठकमा भएको निर्वाचनमा धिताललाई सांसद फणीन्द्र देवकोटाकाे प्रस्ताव र एमाले संसदीय दलका प्रमुख सचेतक रोशनबहादुर गाहाले समर्थनमा धितालले सभामुख पदका लागि उम्मेदवारी दिनुभएकाे थियाे ।
धिताललाई एमालेका २१, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेले पक्षमा मत दिएका थिए । भिमसेन गाउँपालिका-२ का धिताल गोरखा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित हुनुभएकाे हाे ।

