माैसम प्रतिकूल भएपछि हवाइ उडान प्रभावित
प्रतिकूल माैसमका कारण हवाइ उडान प्रभावति भएकाे छ । जसका कारण काठमाडाैंमा अवतरण गर्नुपर्ने जहाजहरू घण्टाैदेखि आकासमा हाेल्ड भएका छन् । नेपाल भारत सीमाक्षेत्रकाे आकाशमा हाेल्ड भएका छन् । नेपाल एअरलाइन्सकाे जापानबाट आएकाे विमान दिल्ली डाइभर्ट भएकाे छ । त्यस्तै भिस्तारा एअरलाइन्स बनारस डाइभर्ट भएकाे छ ।
दुबईबाट आएको फ्लाइ दुबई, सियोलबाट आएको कोरियन एयर झण्डै एक घण्टा आकाशमा ‘होल्ड’ गरेपछि ल्याण्ड छन् । कतारबाट आएकाे कतार एअरवेज पनि आकाशमा दर्जनाै राउण्ड लगाएपछि १६ः ४० मा ल्याण्ड गरेकाे छ ।

Facebook Comments

