प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरसबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको छ ।
राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले गएराति न्युयोर्कमा महासचिव गुटेरससँग न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेटवार्ता गर्नुभएकाे हाे ।
भेटमा नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, दीगो विकास लक्ष तथा अति कम विकसित देशहरूको आर्थिक विकासलगायत विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।
प्रधानमन्त्री प्रचण्ड आजदेखि नै विभिन्न राष्ट्रसंघकाे महासभा अन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड आइतबार अमेरिका पुग्नुभएकाे थियाे ।
राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर प्रचण्ड असोज ५ गते अमेरिकाबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ ।

