विदेशमा रहेका नेपाली नागरिकलाई मतदानकाे व्यवस्था गरिनेः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकलाई आम निर्वाचनमा मतदानको व्यवस्था मिलाउने बताउनुभएकाे छ ।

विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइसकेको भन्दै उहाँले कसैलाई पनि मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताउनुभएकाे हाे ।

संयुक्त राष्ट्रसंघकाे महासभामा भाग लिन अमेरिकामा रहनुभएका प्रचण्डले नेपाली प्रतिनिधिहरूसँगकाे भेटमा यस्ताे बताउनुभएकाे हाे ।

साथै प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने उल्लेख गर्नुभयाे ।

सरकार भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउँदै प्रचण्डले सरकारले गरेका राम्रा र सकारात्मक कुरालाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको आरोप लगाउनुभयाे ।

महासभालाई सम्बोधन गर्नुअघि प्रधानमन्त्री प्रचण्डले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साइडलाइन बैठकमा सहभागिता जनाउने कार्यक्रम छ ।

Facebook Comments