टिकटक बन्द गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार अदालत खुलेपछि आधा दर्जन बढी रिट परेका छन् ।

टिकटक बन्दले अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक उल्लंघन भएको लगायत दाबी गर्दै निवेदकहरुले निर्णय बदरको आदेश माग गर्दै रिट दर्ता गरिएका हुन् ।
सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार रिट निवेदनहरु अहिले अध्ययनका क्रममा छन् । सामाजिक सद्भाव बिगार्न खोजेको भन्दै मन्त्रिपरिषद्को गत सोमबारको बैठकले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
टिकटक प्रयाेगकर्ताहरू तथा राजनीतिक दलका नेताहरूले समेत टिकटकमाथिकाे प्रतिबन्धकाे पक्ष विपक्षमा विभाजित भएका थिए ।
Facebook Comments

