एमाले स्थायी कमिटी सदस्य देवराज घिमिरे सभामुखमा निर्वाचित
प्रतिनिधिसभाकाे सभामुख पदमा एमालेबाट निर्वाचित सांसद देवराज घिमिरे निर्वाचित हुनुभएकाे छ । प्रतिनिधिसभाको निर्वाचनमा झापाबाट निर्वाचित घिमिरे एमाले अध्यक्षा केपी शर्मा केपी शर्मा ओलीकाे राेजाइमा घिमिरेले उच्च पदमा पुग्नुभएकाे हाे ।
प्रतिनिधिसभामा बिहीबार भएको मतविभाजनबाट १६७ सांसदकाे समर्थनमा उहाँ सभामुख चयन हुनुभयाे। २०६२/६३ को जनआन्दोलनपछि पहिलो पटक सांसदहरूको मतविभाजनबाट सभामुख चयन गरिएको हो ।
सभामुख निर्वाचित भएपछि घिमिरेले निष्पक्ष र तटस्थ भूमिकामा रहेर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
Facebook Comments

