उपसभामुखमा इन्दिरा र मुक्ताकुमारीकाे उम्मेदवारी
प्रतिनिधिसभाकाे उपसभामुख पदका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगर र विपक्षी दल नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उपसभामुख पदमा मनोनयन दर्ता गराउनुभएकाे हाे ।
इन्दिरा रानामगरलाई रास्वपाकै सोविता गौतमकाे प्रस्ताव र नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देनले समर्थन गर्नुभएकाे छ ।
मुक्ताकुमारीकाे प्रस्तावकमा कांग्रेस नेता बद्री पाण्डे र समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहनुभएकाे छ । भाेली उपसभामुख पदका लागि निर्वाचन हुँदैछ ।
Facebook Comments

