उपसभामुख पदकाे गरिमाका लागि इन्दिरा रानामगर उपयुक्तः गाैतम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले आफ्नो पार्टीकी सांसद इन्दिरा रानामगर नै उपसभामुख पदकाे गरिमा राख्न उपयुक्त पात्र भएकाे भन्दै उपसभामुख पदका लागि प्रस्ताव गर्नुभएकाे छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताउनुभएकाे हाे । इन्दिरा रानामगर सत्तारूढ गठबन्धनका तर्फबाट उपसभामुखकाे उम्मेदवार बन्नुभएकाे हाे ।

उहाँकाे समर्थनमा बाेल्ने एमालेका सांसद कृष्णगाेपाल श्रेष्ठ र नेकपा माअाेवादी केन्द्रकी नारायणी शर्माले प्रस्तावित इन्दिरा रानामगरकाे सामाजिक कामकाे प्रशंसा गरेका थिए ।

Facebook Comments