प्रधानमन्त्री प्रचण्ड इटली प्रस्थान,
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटली प्रस्थान गर्नुभएकाे छ ।
इटलीमा हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्टमा सहभागी हुन शनिबार साँझ प्रधानमन्त्री प्रचण्ड इटली जानुभएकाे हाे ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालयमा कार्क्रम हुन लागेकाे हाे । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची छ।
भ्रमण टोलीमा कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी सहभागी छन् ।
प्रधानमन्त्रीकाे अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गर्ने गरी कार्यभार ताेकिएकाे छ ।
Facebook Comments

