संघीय संसदकाे दुवै सदनमा सरकारकाे नीति तथा कार्यक्रममाथिकाे छलफल जारी
प्रधानमन्त्रीले राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार संघीय संसद् अन्तर्गत राष्ट्रिय सभामा सरकारकाे नीति तथा कार्यक्रमका बारेमा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिनुहुने भएकाे छ ।
गत जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि राष्ट्रिय सभाका सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन जाने प्रधानमन्त्रीकाे सचिवाललयल जनाएकाे छ । राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे र १ मिनेटमा बस्दैछ ।
प्रतिनिधि सभामा पनि नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ। प्रतिनिधि सभाको बैठक पनि आज बिहान ११ बजे बस्दैछ। नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले पुनर्लेखन हुनपर्ने माग राखेकाे छ ।
एमाले खास गरी आफ्नो नेतृत्वको सरकारको पालामा ल्याइएको, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, प्रधानमन्त्री रोजगार कार्यक्रम, मदन भण्डारी प्राविधिक विश्वविद्यालयलगायतका कार्यक्रम हटाइएकोमा रूष्ट बनेकाे हाे ।

