राष्ट्रपति निर्वाचन दलहरूवीच संवाद तीव्र

सेराेमाेनियल भएपनि फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि यसपटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासाे अत्याधिक बढेकाे छ । राष्ट्रपति निर्वाचनका विषयमा दलहरूवीचकाे छलफलले तीव्रता पाएपनि सहमति भने जुटेकाे छैन ।

राष्ट्रपति निर्वाचनकै बिषयमा छलफल गर्न दिनहुँजसाे दलहरूवीचका बैठक बसेपनि सहमति भने जुटेकाे छ ।

शुक्रबार बिहान चार दलका नेता बालुवाटारमा छलफल गरिरहेका छन् भने दिउसाे प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्षसँग भेटवार्ता गर्ने बताइएकाे छ ।

बालुवाटारमा भइरहेकाे बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू सहभागी छन् ।

चुनावअघिकाे गठबन्धनमा रहेका दलहरूवीच भएका मंगलबार, बुधबार र बिहीबारका चरणबद्ध छलफलपछि साेही गठबन्धन व्यूँतन सक्ने संकेत नेताहरूले गरेका छन् ।

नेताहरुले शुक्रबारको बैठकलाई निर्णायक भनेका छन् । शनिबार राष्ट्रपतिका लागि उम्मेदवार मनाेनयन गर्ने कार्यसूची छ ।

विगतको कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्युँताउने कांग्रेस नेताहरुको प्रयास तीव्र छ । सरकार गठनका बेला नेकपा एमालेसँग राष्ट्रपति लगायतका विभिन्न प्रमुख पदहरूमा सहमति भएकाले साेही सहमति कार्यान्वयन हुनुपर्ने एमालेका नेताहरूकाे माग छ ।

माओवादी केन्द्रले नेकपा एमालेले अगाडि सार्ने एमालेलाई राष्ट्रपतिमा नसघाउने मनस्थितिमा छ ।

Facebook Comments