माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने
नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
केन्द्रमा गठबन्धन भएपछि गत पुसमा नेकपा एमालेका मुख्यमन्त्री खगराज अधिकारीकाे नेतृत्वमा २ मन्त्रालय लिएर सहभागी भएकाे थियाे ।
केन्द्रले फेरिएकाे गठबन्धनपछि पुनः एमाले नेतृत्वकाे प्रदेश सरकारलाई दिएकाे समर्थन फिर्ता लिने प्रयाेजनका लागि नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश संसदीय दलको बैठक डाकेकाे छ ।
बिहान ११ बजे बस्ने संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिनुभयाे ।
पुस २५ गते गण्डकीमा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो ।
नेपाल एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएसँगै सरकारको नेतृत्व माओवादी र कांग्रेसकाे गठबन्धनमा सरकार बनने छ । प्रदेश सरकारकाे नेतृत्वमा भने दुबै दलकाे दावी छ । आलाे पालाे सरकारकाे नेतृत्व गर्ने गरी सहमति हुने संभावना रहेकाे छ ।

