राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता आज

राष्ट्रपति निर्वाचनका लागि निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि उम्मेदवारहरूकाे मनाेनयन आज उम्मेदवारी दर्ता हुँदै छ । फागुन २५ मा राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवार दर्ताका लागि दलहरूले तयारी गरिरहेका छन् ।

उम्मेदवारीका लागि बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ । मनोनयनपत्र दर्ता भएपछि उम्मेदवारको सूची शनिबार ४ बजेसम्म सार्वजनिक हुनेछ । कांग्रेस लगायतका ८ दलका तर्फबाट कांग्रेसले उठाउने उम्मेदवारलाई मतदान गर्ने सहमति शुक्रबार दलहरूवीच भएकाे छ ।

एमालेले पनि उम्मेदवार उठाउने बताएकाे छ । राष्ट्रपति तथा उपराष्ट्रपति चयनका लागि संघीय सांसद र प्रदेश सांसदले मतदान गर्ने छन ।

उम्मेदवारको विरोधमा आइतबारसम्म उजुरी दिन सकिने र साेमबार जाँचबुझ गरी नाम सार्वजनिक गर्ने निर्वाचन तालिका छ त्यस्तै उम्मेदवारको अन्तिम नामावली मंगलबार प्रकाशन हुनेछ । २५ गते हुने निर्वाचनमा निर्वाचित हुन उम्मेदवारले कुल मतकाे बहुमत ल्याउनुपर्ने हुन्छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्को ३३२ र सातै प्रदेशका प्रदेशसभा सदस्यको ५५० गरी ८८२ जना मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Facebook Comments