राष्ट्रपतिबारे निर्णय गर्न एमाले सचिवालय बैठक बस्दै
राष्ट्रपतिका लागि उम्मेदवारी दिने सम्बन्धमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। आज बिहान ९: ३० बजे पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्न लागेको हाे ।
राष्ट्रपतिको उम्मेदवार, वर्तमान गठबन्धन,पछिल्लो समसामयिक राजनीतिक घटनाक्रम र पार्टीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’बारेमा मूख्य एजेण्डामा छलफल हुन लागेकाे हाे ।
फागुन २५ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ। साे बिषयमा निर्णय लिन सचिवालय बैठक बस्न लागेकाे हाे । पुष १० गते माओवादी केन्द्रसँग सत्ता साझेदारी गर्दा राष्ट्रपति एमालेले लिने सहमति भएकाले साे सहमति कार्यान्वयन हुनुपर्ने एमालेकाे अडान थियाे ।
तर नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति फेरिएकाे भन्दै राष्ट्रिय सहमति गर्ने भन्दै एमाले इतरकाे गठबन्धन बनाएर राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेपछि एमाले नेताहरूले तीव्र असन्तुष्टी जनाएका छन् ।

