गठबन्धनमा भागबण्डाकाे सकस

सत्तारुढ गठबन्धनमा भागभण्डाकाे सकस देखिएकाे छ । संघीय सरकारमा रहेकाे निश्चित मन्त्रालय संख्यामा गठबन्धनका दलहरूकाे दाबीका कारण भागभण्डा मिलाउन प्रधानमन्त्रीलाई सकस भएकाे स्राेतकाे दावी छ ।

तर बैठकपछि दलका नेताहरू भने मन्त्रालय भागवण्डा सहमति नजिक पुगेको बताउँछन् । गृह र अर्थ मन्त्रालयमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीकाे समेत दावी छ । यी मन्त्रालयमा कुरा नमिल्दा भागबण्डा सकसपूर्ण बनेकाे हाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई ७ वटा र माओवादी केन्द्रलाई प्रधानमन्त्रीबाहेक ५ वटा मन्त्रालय, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई २/२ मन्त्रालय तथा अरुलाई १/१ मन्त्रालय दिने प्रस्ताव गर्नुभएकाे छ ।

माओवादी केन्द्रले गृह र अर्थ मन्त्रालय मध्ये एक लिन जाेड गरेकाे छ। कांग्रेस र एकीकृत समाजवादीले पनि ति महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने बताइरहेका छन् ।

भागबण्डामा सकस भइरहेका बेला नेपाली कांग्रेसमा भने मन्त्री बन्न चाहना राख्ने धेरै भएकाले कांग्रेस सभापति शेरबहादुर देउवालाई समेत मन्त्री छनाैट गर्न कठिन भएकाे छ ।

सरकारमा महत्वपूर्ण मन्त्रालय सहित नेतृत्व गरेर जान देउवा निकट नेताहरूकाे कसरत छ भने कांग्रेसकै अर्का नेता शेखर काेइराला पक्षले पनि मन्त्रालयमा सम्मानजनक उपस्थिति हुनुपर्ने लविङ गरिरहेकाे छ ।

Facebook Comments