प्रतिनिधिसभाकाे बैठकः नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुने
प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुहुनेछ भने साे पश्चात सरकारकाे नीति तथा कार्यक्रम निर्णयार्थ पेश हुँदैछ ।
बैठकमा राष्ट्रपतिले जेठ ५ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहने र त्यसपछि प्रधानमन्त्री प्रचण्डले जवाफ दिने सम्भावित कार्यसूचीमा रहेकाे संसद सचिवालयले जनाएकाे छ ।
सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ। जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था पनि छ। साे भन्दा अगाडि सरकारकाे नीति तथा कार्यक्रम पारित गर्नुपर्ने हुन्छ, साेही नीति तथा कार्यक्रमका अनुसार नै बजेट तय हुनेछ ।
Facebook Comments

