प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र

प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० सम्म भारत भ्रमणको तयारी तीव्र पारिएको छ । भ्रमण तालिका निश्चित भएसँगै दुई मुलुकबीच गर्नुपर्ने समझदारी र सम्झौताका एजेन्डा तयारी भइरहेको छ ।

नेपालले यस भ्रमणका समयमा उठाउने एजेण्डाबारे तयारी तीव्र बनाइए पनि अन्तिम रूप दिन भने बाँकी छ ।

मन्त्रालयले पठाएका एजेण्डाहरूमा नेपाललाई दुईतर्फी हवाई रुट थप, नेपाली कम्पनीसँगै अन्तरदेशीय डिजिटल भुक्तानी, बंगलादेशसँग विद्युत् व्यापार गर्न बाटो खुला, तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् विकास, अमलेखगन्ज लोथर तथा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण सम्झौता लगायत रहेका छन ।

भ्रमणका अवसरमा नेपाल–बंगलादेश विद्युत् व्यापार र हवाइ रूट उपलब्धताबारे सहमति हुने विश्वास गरिएको छ ।

Facebook Comments