कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मन्त्री बनाउने तथा उपनिर्वाचनका लागि उम्मेदवार तय गर्ने बारेमा छलफल हुने बताइएकाे छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समिति बैठकमा सभापति शेरबहादुर देउवासहित १३ जना पदाधिकारी, पूर्व पदाधिकारीहरू र केही केन्द्रीय सदस्य सहभागी हुनेछन्।

सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्तलाई ध्यान दिँदै मन्त्री छान्ने मापदण्ड बनाएको कांग्रेसले सरकारमा जाने मन्त्रीहरूकाे टुंगाे लगाउने बताइएकाे छ ।

तनहुँ १, बारा २ र चितवन २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा पनि छलफल हुनेछ। कांग्रेसमा तनहुँ १ र चितवन २ मा उपनिर्वाचनका लागि दर्जनाैले दाबी गरेका छन् ।

Facebook Comments