गृहमन्त्रालय प्रधानमन्त्रीसँगै रहने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालका लागि गृह मन्त्रालय आफैंसँग राख्नुहुने भएकाे छ । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि लामिछाने पदमुकत हुनुभएकाे छ ।
अदालतकाे फैसलाका कारण पदमुक्त भए पनि लामिछानेले प्रधानमन्त्री समक्ष राजीनामा भने पेश गर्नुभएकाे छ ।
अब गृह मन्त्रालय प्रधानमन्त्रीसँगै रहने बताइएकाे छ । पछिल्लाे विकसित घटनाक्रमबारे प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच शनिबार छलफल हुँदैछ । माओवादी केन्द्रभित्र गृहमन्त्रालय आफ्नै दलले राख्नुपर्नेमा नेताहरूकाे जाेड थियाे । तर गठबन्धनका कारण साे संभव नभएपछि लामिछाने गृहमन्त्रीमा नियुक्त हुनुभएकाे थियाे ।
Facebook Comments

