राष्ट्रपतिमा भाेटदिन एमालेलाई कांग्रेसकाे पत्र
नेपाली कांग्रेसले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका रामचन्द्र पाैडेलका लागि एमालेसँग मत मागेकाे छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर पाैडेलका लागि भोट माग्नुभएकाे हाे ।
आठ दलीय गठबन्धनको तर्फबाट कांग्रेसका उम्मेदवार पौडेलका लागि भोट दिन अनुराेध गरिएकाे पत्र नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ओली निवास बालकोट पुगेर बुझाउनुभएकाे हाे ।
यसअघि नेकपा एमालेका अध्यक्ष ओलीले कांग्रेस बाहेकका दल र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएर राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवार सुवास नेम्वाङलाई भोट दिन अनुराेध गर्नुभएकाे थियाे ।
यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका पौडेल र नेकपा एमालेका उपाध्यक्ष नेम्वाङकाे उम्मेदवारी रहेकाे छ ।

