गठबन्धन बैठकः मन्त्रालय बाँडफाँडबारे छलफल हुने
सत्ता गठबन्धनका दलहरूवीच सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेकाे छैन् । सत्ता गठबन्धनमा रहेका दलहरू दिनहुँ बैठक बसिरहेपनि भागभण्डा भने मिल्न सकेकाे छैन् ।
मंगलबार पनि सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताइएकाे छ ।
सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज साझेदार दलहरू बीच बैठक बस्ने निर्णय गरेका थिए ।
बैठकबाटै नयाँ मन्त्रालयको भागबन्डा र मन्त्रीको नामसमेत टुंगो लगाउने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी नेताहरूको छ ।
लामाे समयसम्म मन्त्रिपरिषद् अपूर्ण हुँदा सरकारका कामहरू प्रभावकारी हुन सकिरहेकाे छैन ।
Facebook Comments

