प्रतिनिधि सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा सम्भावित दुई कार्यसूची छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) पेस गर्ने पहिलो कार्यसूची छ ।
त्यस्तै अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ छ । यो विधेयकमाथि विचार गरियोस् भनी सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रस्ताव पेस दोस्रो कार्यसूची छ ।
Facebook Comments

