कोशी, बागमती र गण्डकीमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना

आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक भएपनि मुख्यतया देशभरको मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो पनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन

 । त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Facebook Comments