माैसमः मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना
उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हिमपातकाे संभावना
आज देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । पश्चिम वायुको प्रभावका कारण आज देशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मधेश प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
Facebook Comments

