रास्वपाकाे कार्यवाहक सभापतिमा डिपि अर्याल चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी सचिवालय बैठकले कार्यवाहक सभापतिमा डिपि अर्याललाई चयन गरेकाे छ ।

पार्टी सभापति लामिछानेविरूद्ध मुद्दा दायर भएपछि बसेकाे साे पार्टीकाे सचिवालय बैठकले अर्याललाई कार्यावाहक सभापतिकाे जिम्मेवारी ताेकेकाे हाे ।

सभापति लामिछानेविरूद्ध मुद्दा दर्ता गरिएको सम्बन्धमा अदालतको न्यायिक प्रक्रियालाई पूर्णरूपमा सहयाेग गर्ने रास्वपाकाे निर्णय छ । पार्टी सभापति रवि लामिछानेले नै आफ्नो अनुपस्थितिमा सम्पूर्ण पार्टी पंक्तिलाई देश निर्माण गर्ने महाअभियानमा सशक्त राख्न कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई ताेकेकाे बैठकमा जानकारी दिइएकाे थियाे ।

Facebook Comments