संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा निर्विरोध

संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा निर्विरोध चयन हुनुभएकाे छ ।

संघीय संसदको संयुक्त समितिको सभापतिमा पदका लागि खतिवडाकाे एकल उम्मेदवारी परेपछि शुक्रबार निर्विराेध भएको चयन गरिएको हो।

बिहीबार कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेको प्रस्ताव र एमालेका प्रमुख सचेतक महेश बर्तौलाको समर्थनमा खतिवडाले उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे ।

खतिवडाले मन्त्री बन्ने चाहना राखेपनि पार्टी नेतृत्वले संसदीय समितिकै नेतृत्वमा ल्याएकाे हाे ।

संघीय निजामति विधेयकको कुलिङ पिरियड राख्ने सन्र्दभमा समितिको निर्णयभन्दा फरक प्रतिवेदन तयार भएपछि खतिवडाले छानबिन प्रतिवेदनमा दाेषी ठहर भएका कारण राजीनामा दिनुपरेकाे थियाे ।

यसअघि संसदीय सुनुवाइ समितिको सभापति रहनुभएकी ईश्वरी न्यौपाने भने राज्य व्यवस्था समितिमा सभापति हुनुभएकाे छ ।

Facebook Comments