एमाले महाधिवेशनः नेतृत्व चयनका लागि मतदान

नेकपा एमालेको काठमाडाैंमा जारी एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । 

भाेटिङ मेसिनमा उम्मेदवारकाे नाम लगायतका विवरण इन्ट्री गर्न समय लागेकाले मंगलबारका लागि तय भएकाे मतदानकाे तालिका आजका लागि सारिएकाे थियाे ।

बुधबार बिहान ८ बजेदेखि भृकुटीमण्डपमा तल्लाे तहबाट चुनिएका २ हजार २६२ जना महाधिवेशन प्रतिनिधिहरूले नयाँ नेतृत्व छान्न मतदान गर्नेछन्।

८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने मतदान सकिएलगत्तै मतगणना सुरू गर्ने निर्वाचन आयाेगकाे तयारी छ । मतगणना सुरू भएपछि २ घण्टामा परिणाम सार्वजनिक गर्न सम्भव हुने अपेक्षा राखिएकाे छ ।

 ११ ‍औं महाधिवेशनका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच आगामी नेतृत्वका लागि प्रतिस्पर्धा हुँदैछ। 

दुवैले आ-आफ्नो समूह बनाएर उम्मेदवारी दिएका छन् । दुवै समूहले आफ्नाे समूहकाे सूची प्रतिनिधिहरू समक्ष बाँडेका छन् ।

जारी महाधिवेशनबाट एक अध्यक्ष, ५ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र ९ जना सचिव साथै ३०१ जना केन्द्रीय सदस्य चयन हुनेछन्। 

Facebook Comments