नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो २ बजे हुने

नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने तय भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गर्नुभएकाे छ ।

स्वास्थ्यमन्त्रीमा सिफारिश मिश्राको विषयमा प्रश्न उठेकाे बताइएकाे छ । जसका कारण मिश्राकाे आज शपथ हुने नहुने निश्चित छैन ।

Facebook Comments