मधेसी जनतामाथि राज्य आतंक अझै छ : महन्थ ठाकुर

जनकपुर । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका नेपाली जनता पहिलेदेखि नै राज्य आतंकबाट पीडित रहँदै आएको बताउनुभएकाे छ ।

लोसपाको जनकपुरधामस्थित पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले नेपाली जनता निरंकुश राणा शासन तथा राजतन्त्रको आतंकबाट पहिलेदेखि नै गुजरीसकेको बताउनुभयाे ।

यद्यपि उनले राजतन्त्र समाप्त भएपछि पनि मधेसी जनता राज्यको आतंकबाट पीडित रहँदै आएको भन्दै हामी सबै आतंकवाद विरुद्धको लडाईमा एक हुनु आवश्यक रहेको बताउनुभयाे ।

भारतको कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणको चर्चा गर्दै उहाँले मधेसी जनता अहिले पनि आतंकबाट मुक्ति पाउन नसकेको उल्लेख गर्नुभयाे ।

उहाँले धर्म र जातको आधारमा ताकेर निर्दोष पर्यटकहरुलाई आतंकवादीहरुले हत्या गरेकोमा आक्रोस व्यक्त गर्नुभयाे । ठाकुरले नेपालमा पनि धर्म र जातको बाजा बजाउनेहरु बजाईरहेको र यसले नेपाललाई कल्याण नगर्ने बताउनुभयाे ।

नेपालमा विभिन्न धर्म र जातका व्यक्तिहरु वसोवास गर्छन् सबैको विकास भए मात्रै नेपालको विकास सम्भव रहेको उहाँकाे भनाई थियाे ।

Facebook Comments