दस जिल्लाका राजमार्गमा बाढीका कारण राजमार्गमा अवराेध

मुलुकका विभिन्न १० जिल्लामा रहेका राजमार्गहरूमा वर्षा, बाढी पहिराेका कारण राजमार्गमा सवारी सन्चालन अवरूद्ध बनेकाे छ ।

पूर्रवकाे भाेजपुरमा बाढीका कारण मध्यपहाडी लाेकमार्गमा सडक एकतर्फी मात्र सन्चालनमा रहेकाे छ । इलाम जिल्ला अन्तर्गत मेची राजमार्गमा अविरल वर्षा कारण सडक पूर्ण रूपमा अवरूद्ध बनेकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै काभ्रेमा विपी राजमार्ग, मकवानपुरमा कान्ति लाेकपथ, सिन्धुपाल्चाेकमा अरनिकाे राजमार्ग, दाेलखामा लामासाँघु रामेछाप राजमार्ग, रसुवामा त्रिशुली स्याफ्रुबेसी सडक मार्ग, गाेरखाकाे लार्के बेनीघाट सडक खण्डमा सवारी सन्चालनमा अवराेध पुगेकाे प्रहरीले उल्लेख गरेकाे छ ।

त्यस्तै बागलुङमा पहिराेका कारण कालीगण्डकी करिडाेर र रूकुम पश्चिममा भेरी करिडाेर सडक खण्डमा सवारी सन्चालनमा अवराेध पुगेकाे छ ।

Facebook Comments