पत्रकार किशोर श्रेष्ठ पक्राउ, पत्रकार महासंघकाे विराेध
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित निजको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएकाे हाे ।
नेपाल पत्रकार महासंघले श्रेष्ठकाे पक्राउकाे विराेधमा धर्ना लगायतका कार्यक्रम शुरू गरेकाे छ। समाचार लेखेका आधारमा प्रहरीले पत्रकार पक्राउ गर्न नमिल्ने महासंघकाे तर्क रहेकाे छ ।
प्रहरीले श्रेष्ठ संलग्न जनआस्था साप्ताहिक पत्रिकाकाे कार्यालयमा समेत खानतलासी गरेकाे छ ।
Facebook Comments

