दुर्गा प्रसाईंकाे समूहसँग सरकारले वार्ता गर्ने
सरकारले आन्दोलनरत दुर्गा प्रसाईं संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका प्रतिनिधिसँग वार्ता गर्ने भएकाे छ ।
प्रसाईंकाे समूहसँग वार्ताका लागि सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी वार्ता टोलीको सदस्यहरूमा रहेका छन् ।
Facebook Comments

