चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक युवाको मृत्यु
चितवनको भरतपुरमा रहेको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा एक युवाको मृत्यु भएको छ ।
मृतकका आफन्तले अस्पतालको लापरवाहीका कारण युवाको मृत्यु भएको आरोप लगाएका छन् ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका १५ सिमलार मैनापुरका १७ बर्षीय लेखराज पाण्डेको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको थियो ।
जेठ ९ गत्ते मोटरसाइकल दुर्घट्नामा परी घाइते भएपछि लेखराजलाई उक्त अस्पतालमा उपचारका लागि १० गते भर्ना गरिएको थियो ।
मृतकका भोजबहादुर पाण्डेका अनुसार लेखराजको टाउकोमा रगत जमेकाले अप्रेसन गरिएको र सो क्रममा सानो हड्डी समेत निकालिएको थियो ।
उपचारपश्चात लेखराजको स्वास्थ्य अवस्थामा सुधार आएकोमा जेठ २५ मा ह्वील चेयरबाट लडेको र त्यसका कारण स्वास्थ्य अवस्था जटिल बनेको आफन्तको आरोप छ ।
विरामीको हेरचाहमा खतिएका कर्मचारीको लापरवाहीका कारण लेखराजको मृत्यु भएको आफन्तहरुको आरोप रहेको छ ।
मृतकका आफन्तले सव बुझ्न मानेका छैनन, अस्पतालले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

