गल्ती गर्ने कसैलाई छाड्दिनः कास्की प्रहरी प्रमुख कार्की

कास्की प्रहरी प्रमुख दान बहादुर कार्कीले गल्ती गर्ने कसैलाई नछाड्ने बताउनुभएकाे छ । पद्धती ठुला बडाले विर्गाछन,कार्वाही सानालाई गरेर नहुने भन्दै आफ्नै हाकिमलाई समेत गल्ती गरे कार्वाही गरि छाड्ने कार्कीकाे भनाइ छ ।

प्रहरी उपरिक्षक कार्कीले पृथ्वीहोटल ब्यबसायी समिति पोखराले आज आयोजना गरेको स्वागत सम्मान तथा सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताउनुभएको हो । कार्कीले आफुले आफ्नै भाईलाई समेत कार्वाही गरेको स्मरण गर्दे गल्ती गर्ने आफ्नै नातागोता, स्टमित्र भएपनि नछोड्ने चेतावनी दिनुभयो ।

कार्कीले होटल रेष्टुरेन्ट हस्पिटालिटी दिने क्षेत्र भएको भन्दै उहाँले पोखराको पृथ्वीचोक लगायतको क्षेत्रमा आफ्नो होटलमा लैजान पर्यटकको झोला ताना तान गर्नेलाईपनि अब कार्वाही हुने बताउनुभयो ।

आफ्नो सर्भिस राम्रो दिन सके एक पटक आएको पर्यटक बारम्बार आउने तर नराम्रो सर्भिस भए एक पटक आएको पर्यटक अर्को पटक नआउने उहाँको भनाई थियो । उहाँले होटलमा आउने पाहुनाको अनिवार्य रष्टिर गर्नुृपर्ने , १८ बर्ष मुनिका बालबालिका जोडी आए होटलमा बस्न दिन नहुने, अश्लिल कार्य हुन दिन नहुने ,पैसाको लोभमा अनैतिक कार्य हुन नहुने दिन नहुने बताउनुभयो ।

होटलमा जस्ता मान्छेपनि आउने भन्दै एसपी कार्कीले त्यस्तो संका लागे प्रहरीको नम्बर १००मा कल गरेर जानकारी दिन समेत आग्रह समेत गर्नुभयो । होटल ब्यबसायीहरुले प्रहरीले ९ बजेनै होटल बन्द गर भन्दै आउने गरेको, होटलमा आएर बसेको आधारमानै पछि होटल वलालाई प्रहरीले दुःख दिने गरेको जस्ता दुखेसो गरेका थिए ।

कार्यक्रममा पृथ्वीहोटल ब्यबसायि समितिका अध्यक्ष हरि प्रसाद पाण्डेय , संस्थापक अध्यक्ष रिजन शेरचन ,निबर्तमान अध्यक्ष कमल न्यौपानेबरिष्ठ उपाध्यक्ष बालकृष्ण निउरे, महासचिव महेश ज्ञवाली लगायतले आफुहरुको ठाउँबाट होटल रेष्टुरेन्टमा अनैतिक कार्य हुन नदिएको भन्दै पृथ्वीचोकको सडकमा देखिने अनैतिक कार्यलाई प्रहरी प्रशासनले रोक लगाउनु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा ब्यबसायी अमृत घिमिरे, सुनिता पन्त पौडेल ,मोती श्रेष्ठ लगायतले ब्यवसायीहरु मर्कामा परेको गुनासो गरेका थिए ।

Facebook Comments