चितवनमा पछिल्लो ६ महिनामा ५४ नयाँ एचआइभी संक्रमित भेटिए

चितवनमा पछिल्लो ६ महिनामा ५४ नयाँ एचआइभी संक्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो संख्यामा संक्र्रमित भेटिएका हुन् ।

भरतपुरमा रहेको एन्टी रेट्रो भाइरल थेरापी सेवा केन्द्रका अनुसार चितवनमा अहिलेसमम् एक हजार ७६४ एचआइभी संक्रमित पुगेको भरतपुर अस्पतालमा रहेको जनाएको छ ।

केन्द्रका अनुसार उनीहरुमध्ये ८ सय ८९ ले नियमित औषधि सेवन गर्दै आएका छन् । अन्य जिल्लाबाट चितवनमा स्थानान्तरण भई आएका ७८ संक्रमतिले पनि भरतपुरकै केन्द्रबाट सेवा लिइरहेका छन् ।

अस्पतालमा मकवानपुर, नवलपरासी धादिङ लगायतका जिल्लामा रहेका संक्र्रमित चितवन आएर औषधि लाने गरेको र उनीहरुलाई एकदेखि दुई महिनाका लागि औषधि पठाउने गरेको डा युवानिधि बस्यौलाले जानकारी दिनुभयो ।

Facebook Comments