विद्यार्थीद्वारा चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसमा तोडफोड
चितवनको भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् ।
आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको कोठाका कुर्सी, र टेबुल पूर्णरुपमा नष्ट हुनाका साथै कोठामा रहेका दराज, झ्यालका सिसामा समेत क्षति पुगेको छ ।
क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार बिहान ९ बजे क्याम्पस परिसरमा आएका विद्यार्थीहरुको समूहले आगजनी गरेको हो । सो समूहले लगाएको आगो अन्य विद्यार्थी र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।
यसअघि सहायक क्याम्पस प्रमुखका कार्यकक्षमा विद्यार्थीले लगाएको ताला क्याम्पस प्रशासनले तोडेपछि असन्तुष्ट विद्यार्थीले अगो लगाएको बताइएको छ ।
ताला तोड्ने क्रममा अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थी नेता मिलन भट्टराईमाथि कुटपिट भएकाले त्यसको विरोधमा आगजनी गरिएको हो ।
Facebook Comments

