कास्कीकाे अस्ताममा अग्निदहन प्रदर्शन
बोक्सी कु–प्रथा बिरुद्घ निर्माण गरिएको सामाजिक शिक्षामूलक चलचित्र ‘अग्निदहन’ माछापुच्छे« गाउँपालिका–६, धिताल स्थित अस्ताममा प्रदर्शन गरिएको छ ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको उक्त चलचित्र सोमवार राती उक्त स्थानमा प्रदर्शन गरिएको हो ।
सो चलचित्रको करिव ६० प्रतिशत छायाङकन अस्ताममै गरिएको थियो । कार्र्यक्रम बोल्दै प्रमुख अतिथी स्थानीय प्रगतिशील आमा समूहकी अध्यक्ष मालती अधिकारीले अभियानमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
तत्कालिन धिताल गाविसका अध्यक्ष नन्दलाल अधिकारीले चलचित्रको संदेशलाई देसैभर लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालको तराई क्षेत्र तथा पहाडका अशिक्षित क्षेत्र छनोट गरी चलचित्र प्रदर्शन गर्न सुझाव दिनुभयो । कार्यक्रममा तल्लो अस्ताम तथा माथिल्लो अस्तामका गरी करिव दुई सय महिलाको सहभागिता रहेको थियो ।

