गण्डकी प्रदेश सरकारले बाढीमा मृत्यु भएकाकाे परिवारलाइ एक/एक लाख राहत दिने

लमजुङको दोर्दीखोला बाढीमा परेर मृत्यु भएका चार जनाको परिवारलाई गण्डकी प्रदेश सरकारले एक एक लाख राहत सहयोग गर्ने भएको छ ।

आज गण्डकी प्रदेश संसदमा विशेष समयमा बोल्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सो जानकारी दिनु भएको हो ।

मन्त्री चुमानले जिल्ला प्रशासन कार्यालय लम्जुङ मार्फत राहत वितरण गर्ने जानकारी दिनुभयो ।

मृतक र घाइतेको कम्पनी मार्फत् नै विमा भएको पनि जानकारी दिदै मन्त्री चुमानले घाइतेहरुको कम्पनीकै खर्चमा उपचार भइरहेको पनि बताउनु भएको छ ।

बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ ।

घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासी लगायतले खोजी गरिरहेको पनि उहाँले जानकारी दिनुभयाे ।

Facebook Comments