तीनवटा संसदीय समितिको बैठक बस्दै
आज सङ्घीय संसद्का तीनवटा संसदीय समितिको बैठक बस्दै छ । १०ः०० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा भने विद्युत्को वितरण लाइन र पोलहरू समयमै व्यवस्थापन नहुँदा सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा उर्जामन्त्री, मन्त्रालयका सचिव र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि समेतलाइ आमन्त्रण गरिएकाे छ ।
त्यस्तै, बिहान १०ः०० बजे बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानवअधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा विज्ञसँग छलफल गरिनेछ ।
Facebook Comments

