मनसुनी वायुको प्रभाव कायम, काेशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो देशभर साधारणतया बादल लाग्ने उल्लेख छ।

महाशाखाका अनुसार देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ भने देशको पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।

रातकाे समयमा पनि देशका धेरैजसाे स्थानमा साधरणतया बादल लाग्ने महाशाखाले उल्लेख गरेकाे छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली/पहाडी भू-भागको केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली/पहाडी भु-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ ।

महाशाखाले देशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे तथा कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

Facebook Comments