भारत र चीनवीच पनि व्यापार क्षेत्रमा तनावकाे संकेत

तीव्र आर्थिक विकास गरिरहेका दुई ठूला मुलक भारत र चीनवीच पनि व्यापार क्षेत्रमा तनाव बढ्ने संभावना देखिएको छ ।

अमेरिका र चीनवीच अहिले पनि व्यापारका क्षेत्रमा तनावको अवस्था छ । एक अर्का मुलुकबाट निर्यात हुने सामानमा कर बृद्धि देखि प्रतिबन्ध लगाउने अवस्था ती दुई मुलुकवीच रहेको छ ।

त्यस्तैमा हुवावे कम्पनीको फाइभ जी विस्तार गर्ने योजना भारतले रोक्न सक्ने छनक दिएको छ । यस्तो जानकारी पाएपछि चीनले पनि भारतले हुवावेलाई रोके भारतीय कम्पनीमाथि आफूले पनि प्रतिबन्ध लगाउने चेतावनी दिएको छ ।

अमेरिकाले चिनियाँ कम्पनी हुवावेलाई कालो सूचीमा राखेको छ । जसका कारण भारतलाई पनि हुवावेमाथि प्रतिबन्ध लगाउन दबाब परेको हो ।

विश्वको सबभन्दा ठूलो फाइभ जी नेटवर्क कम्पनी हुवावेले भारतलाई यस विषयमा स्वतन्त्र निर्णय लिन भनेको छ । अमेरिकाले अन्य देशहरुलाई समेत चिनीयाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाउन दवाव दिंदै आएको छ ।

Facebook Comments