वडाध्यक्षहरुद्वारा मान मर्दन गरेको भन्दै मुख्यमन्त्री समक्ष ज्ञापनपत्र पेश ( भिडियो)

निर्णयक नसच्चाइए आन्दोलन गर्ने चेतावनी

गण्डकी प्रदेश स्थानीय तहका वडाध्यक्षहरुले प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका छन् ।

आज मुख्यमन्त्रीको कार्यालयमा आएका ११ जिल्लाका स्थानीय तहका प्रतिनिधिमुलक वडाध्यक्षहरुले आफुहरुको मानमर्दन गरेको भन्दै ज्ञापन पत्र संगै ध्यानाकार्षण गराइएको वडा अध्यक्ष मंच स्याङजाका संयोजक कमल विकास त्रिपाठीले जानकारी दिनुभयाे ।

गण्डकी प्रदेश सरकारको २०७६ असार १८ र २५ गतेको निर्णय प्रति असहमती जनाउदै आफुहरुको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

वडाध्यक्ष र कार्यपािलका सदस्य सवैलाई एकै मर्यादामा राखिएको भन्दै अध्यक्षहरु रुष्ट भएका हुन् । कामको आधारमा मुल्याङन हुनुपर्ने वडा अध्यक्षले ५६ वटा विकास निर्माण र ३४ वडा विकास निर्माणको काम गर्नुपर्ने लगायतका काम गर्नुपर्छ तर कार्यपालिका बोर्ड सदस्यले गर्ने कार्य संविधानले नै न्युन गरेकोले संविधान अनुसारनै हुनुपर्ने त्रिपाठीकाे भनाइ छ ।

वडाध्यक्षहरुलाई मानमर्दन हुने गरेर मन्त्रिपरषद बैठक बाट निर्णय भएको सञ्चाउन अध्यक्षहरुको माग रहेको छ ।

अध्यक्षहरुले ज्ञापन पत्र बुझेर आफुहरुको कुरा समेत नसुनेको भन्दै आफुहरुसंग आन्दोलनको विकल्प नभएको बताएका छन् ।

जसका लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा वडा अध्यक्ष मंच गठन गर्ने बताएका छन् ।

Facebook Comments