कार्यालय समयमा मोबाइल नचलाउन विमानस्थलका कर्मचारीहरुलाई निर्देशन

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका कर्मचारीहरुलाई कार्यालय समयमा मोबाइल समेत चलाउन नपाउने भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले कार्यालय समयमा माेवाइल नचलाउन निर्देशन दिनुभएकाे हाे ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीहरुको सकारात्मक सोच’ विषयक प्रशिक्षण तालिमको आइतबार काठमाडौंमा उद्घाटन कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

मन्त्री भट्टराईले कार्यालय समयमा निदाउने, फेसबुक चलाएर बस्ने कर्मचारीहरुको सूची रहेकाे भन्दै भट्टराईले निर्देशन दिनुभयाे ।

उहाँले माेवाइलमा सामाजिक सञ्जालमा भुलेर सेवा प्रवाहमा हेलचेक्रयाँइ गर्नेमाथि कारवाही गर्ने बताउनुभयाे ।

विमानस्थलका अनुशासनहीन कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन सीसी टिभी क्यामेरा जडान गर्ने र थप व्यवस्थित गर्ने बताउनुभयाे ।

विमानस्थल मुलुकको इज्जतसँग जोडिएकाले  विमानस्थलका कर्मचारीहरु बढी अनुशासित हुनुपर्ने मन्त्री भट्टराईको भनाई छ । भ्रष्टाचार गर्ने कर्मचारीलाइ नछाड्ने उहाँकाे चेतावनी रहेकाे छ ।

Facebook Comments